aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज, भोलि निर्वाचनको तालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज, भोलि निर्वाचनको तालिका

काठमाडौं । एक वर्षदेखि रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षको आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकि तोकिएको छ । उम्मेदवारी मनोनयनका लागि आज संघीय संसद सचिवालय नयाँ बानेश्वरमा दिउँसो एक बजेको समय तोकिएको हो । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचन यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा गर्ने गरी निर्धारण गरेका छन् । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न संघीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए ।

निर्वाचनको दिन राष्ट्रियसभा बैठकमा सुरुमा ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भनी प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्नेछन् । समर्थकले समर्थन गर्नेछन् ।

त्यसपछि उमेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुनेछ । सो छलफलपछि दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस