काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज आइतबार विशेष पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन् । पार्टीको निर्णय जे जस्तो भए पनि आफ्ना कुरा अलग्गै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने उनले बताएका हुन् ।
लामिछानेले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विशेष पत्रकार सम्मेलन गर्दै छु ।’
उनले पार्टीको निर्णयलाई भन्दा आफ्ना कुरालाई आम जनतासमक्ष राखेर आफ्नो घट्दो छविलाई बचाउने र आम जनसमुदाय समक्ष आफ्नो पक्षमा उभिन अनुरोध गर्ने सङ्केत गरेका छन् । उनले अगाडी लेखेका छन्, ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधा कुरा नगरेको धेरै भएछ ।’
स्मरण रहोस्, सिधार कुरा प्रधानमन्त्रीबाट आफ्नो सार्वजनिक छविलाई लोकप्रिय बनाउँदै पछि सिधार कुरा जनतासँग नामक कार्यक्रम मार्फत आफूलाई एकाएक सेलिब्रेटी बनाउनु सफल बनेका रविले आफ्नो प्रतिरक्षामा फेरि पनि ‘सिधा कुरा’ मार्फत नै अगाडी बढ्ने सङ्केत गरेका हुन् ।
यहाँ उनको सिधार कुराको अर्थ उनले गरेका कर्म र त्यो सँग सम्बन्धित रहेर लाग्दै गरेका आरोपहरू आम मानिसहरूले बुझ्नेगरि छलछामरहित ढङ्गले राख्ने कुरालाई पेस गरेका हुन् भने त्यो राम्रै होला । तर, उनका विगत र वर्तमानलाई हेर्दा सिधा कुराका नाममा छलछामपूर्ण र भ्रामक कुरा गरेर कतै कुरा बङ्ग्याउने पो हुन् की भन्ने उनले पत्रकार सम्मेलन गर्नु अगाडीसम्म गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस