aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षतिः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षतिः अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । उनले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका हुन् । 

“नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु”, उनले भनेका छन् । अर्थमन्त्री पौडेलले यस दुुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस