aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

चार लाख नक्कली नोटसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
चार लाख नक्कली नोटसहित दुई जना पक्राउ

सिरहा । नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । लहान नगरपालिका ८ पशुपति स्कुलको गेट नजिकबाट १ हजार दरको ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोट र सोही आकारको कागजातहरू ३३ बण्डल सहित सोही नगरपालिका १९ छरापट्टी बस्ने ३० वर्षीय ओसिन सेख समेत दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल नेपाल लहानबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस