aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रवि लामिछानेको पार्टी सरकारबाट बाहिरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
रवि लामिछानेको पार्टी सरकारबाट बाहिरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले  सो जानकारी दिएका हुन् । बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् । 

यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए । नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उनी पदमुक्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस