काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका छन् । रास्वपाका दुईजना मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् ।
आज दिउँसो रास्वपाले सरकारबाट फिर्ता हुने निर्णय गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका छन् । राजीनामापछि तीनैजनाले प्रचण्डसँग तस्बिर खिचाएका छन् ।
प्रतिक्रिया दिनुहोस