aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राष्ट्रिय स्वतन्त्र पार्टीका विवादीत मन्त्रीहरूले दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका विवादीत मन्त्रीहरूले दिए राजीनामा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका विवादीत मन्त्रीहरूले राजीनामा पत्र बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल म्यानपावनर व्यवसायी भएको र वैदेशिक रोजगार विभागमा ठगीको मुद्दामा विवादीत रहेका थिए  । त्यस्तै,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मन्त्री भएको केहि दिन नवित्दै सरकारी संस्थान जनकशिक्षालाई ढुवाउने गरि निजी क्षेत्रका छापा खानालाई पुस्तक छपाउने र उनले सञ्चालन गरेको टिच फर नेपालका नाममा लाखौको वेरुजु राखेर विवादीत रहेका थिए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की भने डक्टर भएर पनि डक्टरले अपनाउनु पर्ने न्यूनतम प्रोटोकल पनि पुरा नगरि व्यापारीहरुबाट आजित भएर आत्मदाह गरेका प्रेमप्रसाद आर्चायलाई भेट गरेको विषयमा विवादीत भएकी थिएन । 
 

प्रतिक्रिया दिनुहोस