aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पहिलो साता नै ओसाका उडान कटौती, अब टोकियोको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
पहिलो साता नै ओसाका उडान कटौती, अब टोकियोको तयारी

काठमाडौं । पर्याप्त यात्रु नपाएपछि ओसाकाको उडान संख्या कटौती गरेर नेपाल वायुसेवा निगमले जापानको राजधानी टोकियोमा उडानको योजना बनाएको छ । टोकियोको नारिता विमानस्थलमा पुस महीनाभित्र उडान थाने निगमको योजना छ । ओसाका उडान शुरु गरेकै साता निगमले पूर्वघोषित साताका तीन उडानलाई दुईओटामा झार्ने निर्णय गरेको हो।

उडान कटौती गर्ने निर्णयलाई निगमले सही बजारीकरण गर्न र उचित समय छनोट गर्न नसकेको आरोप लागिरहेको समयमा निगमले नारिता विमानस्थलका लागि आन्तरिक तयारी थालेको हो । निगमको काठमाडौं-ओसाका उडान अब साताको २ दिन मंगलवार र शनिवार मात्रै हनेछ। तत्काललाई यात्रुको संख्या कम रहेको भन्दै जापानमा उडानको संख्या घटाइएको हो । यसअघि साताको ३ दिन ( मंगलवार, आइतवार र शनिवार ओसाका उडान गर्ने कार्यतालिका थियो। ओशाकामा उडानमा अपेक्षित यात्रु नभएपछि आलोचना खेपिरहेको निगम ओसाका उडान असफल भएको मान्न तयार छन । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस