aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

शाली नदी मेलामा एक करोड सहयोग संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
शाली नदी मेलामा एक करोड सहयोग संकलन

काठमाडौं । काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी माधवनारायण मेलाको अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप सङ्कलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । 

गतवर्ष कोरोनाका कारण भक्तजनका सङ्ख्या कम हुँदा  सहयोग रकम कम सङ्कलन भएको थियो । यसवर्ष भक्तजनका सङ्ख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी सङ्कलन भएको श्रेष्ठले भनाइ थियो । उनका अनुसार सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने छ । 

मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिने छ । एक महिनासम्म चलेको उक्त मेलामा यसवर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस