aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आर्थिक भ्रष्टाचारको चटारोमा काठमाडौं विश्वविद्यालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
आर्थिक भ्रष्टाचारको चटारोमा काठमाडौं विश्वविद्यालय

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा शैक्षिक पदहरूको पदपूर्तिका क्रममा नीतिगत र आर्थिक भ्रष्टाचार भएको आशंका गरिएको छ।

पदपूर्तिका क्रममा छनोट समितिमा कार्यविधि विपरीत बढी व्यक्ति समावेश गरी सिफारिस गरेर नीतिगत र आर्थिक भ्रष्टाचार गरेको स्रोतले जनाएको छ। विश्वविद्यालयले गत माघमा विज्ञापन नम्बर ०३/२०७५/०७६ मार्फत स्कुल अफ आर्टसअन्र्तगतका तीनवटा पदमा भर्ना आह्वान गरेको थियो ।

स्कुल अफ आर्टसअन्र्तगत पेन्टिङ, विकास अध्ययन र पत्रकारिता विषयमा भएको सिफारिस विवादित बन्न पुगेको हो । छनोट समितिमा पाँच जना हुनुपर्ने व्यवस्था छ। तर, विश्वविद्यालयले २७ असार २०७६ मा उम्मेदवार छनोटका क्रममा छैटौं व्यक्तिसमेतलाई समावेश गरी सिफारिस गरेको स्रोतको दाबी छ।

विश्वविद्यालयले यसबारे स्पष्ट जवाफ दिएको छैन। विश्वविद्यालयका सूचना अधिकारी हेमराज काफ्ले समितिमा पाँच जना मात्र रहेको दाबी गर्छन्। ‘अन्तर्वार्ताका क्रममा नोट गर्न या सहयोगका लागि कसैलाई लिएको हुन सक्छ । मलाई जानकारी भएन,’ सूचना अधिकारी काफ्लेले भने । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस