aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद

काठमाडौं । काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को  निर्वाचन मिति घोषणा गरेसँगै कांग्रेसनिकट नेविसङ्घबीच विवाद बढेको हो । नेविसङ्घभित्र संस्थापन इतर पक्षका विद्यार्थीबीच बैठक बसिरहेको बेलामा संस्थापन पक्षका विद्यार्थीले बैठक विथोल्न खोजेपछि दुई पक्षबीच विवाद बढेको हो ।

विवाद बढेर दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए । “ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न एकाइबाट प्रहरी टोली खटाएका छौँ”, उनले भने । पछिल्लो समय नेविसङ्घभित्र दुई समूहबीच विवाद बढ्दा जिल्ला र क्याम्पसमा समानान्तर समिति गठन हुन थालेका छन् । 

प्रतिक्रिया दिनुहोस