aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सरकारको सहुलियत पसल जहाँ हरेक चिज सस्तो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
सरकारको सहुलियत पसल जहाँ हरेक चिज सस्तो

काठमाडौं । सरकारले अर्को सातादेखि दसैंलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनुका साथै बजारमा हुने अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्नका लागि आगामी २३ गतेदेखि सुपथ पसल सञ्चालन गर्न लागिएको हो । सुपथ पसल आगामी २३ गतेदेखि छठसम्म सञ्चालन गरिने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ। चाडपर्वमा उपभोक्ताका लागि राहत दिनका लागि सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।

सरकारी स्वामित्वमा रहेका नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासँगै उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्नेछन् । सहुलियत पसलमा मोटा चामल प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिइने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन् । 

सुपथ पसल सञ्चलान गर्नका लागि बिहीबार निजी क्षेत्रका व्यावसायीसँग छलफल गर्न लागिएको उनले जानकारी दिए।
सुपथ पसल कुन कुन ठाउँमा सञ्चालन गर्ने भनेर बिहीबारै निर्णय गरिने उनले जानकारी दिइन ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस