
झापा । झापाको काँकडभिट्टा नाकाबाट तीन थान एयर गन (बन्दुक)सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रत पश्चम बङ्गाल दार्जिलिङ जिल्ला बस्ने २० वर्षीय ओम साह, सोही ठाउँका २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मो. सुलतान हुसेन र २० वर्षीय बिट्टु सरकारलाई एयर गनसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
मेचीनगर नगरपालिका६ स्थित भन्सार गेट अगाडि इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकडभिट्टाको संयुक्त प्रहरीले टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल तर्फ आइरहेका उनीहरूलाई सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले चेकजाँच गर्दा फलाम र काठले बनाएको टमी कम्पनी उल्लेख तीन वटा एयर फेला पारेको थियो ।
मेला तथा महोत्सवमा खेलाइने मनोरञ्जनात्मक खेल (बेलुन फोड्ने) मा एयर गनको प्रयोग बढी मात्रामा गर्ने गरिन्छ । यता नियन्त्रणमा लिएका चारै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी पाठकले बताए ।
एयर गन राख्न पाउने वा नपाउने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उनले भने, ‘उनीहरूमाथि मुद्दा दर्ता गर्ने वा नगर्ने बारेमा कानुनमा उल्लेख भए अनुसार कारबाही अघि बढाउनु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस