aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ माघ २०७९
एशियन पेन्ट्सको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा

काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको हो ।  

यो एक पेनिट्रेटिभ वाटरप्रुफिंग समाधान हो । जसले वाटरप्रुफिंग तथा नुनिया विरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिन्छ । हाइड्रोलकको सबैभन्दा राम्रो कुरा भनेको यो प्रयोग गर्न निक्कै सजिलो छ । 

यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिन्छ । हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँदछ । जसले गर्दा यसलाई ‘वाटरप्रुफिङको च्याम्पियन’ को रूपमा स्थापित गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस