
एजेन्सी । भारतका उद्योगपति तथा विश्वकै गौतम अडानी सन् २०२२ मा सबैभन्दा धेरै कमाउने अर्बपतिको रुपमा हेडलाइनमा रहेका बेला अमेरिकी रिसर्च फर्म हिन्डनबर्गको यो वर्ष सबैभन्दा धेरै सम्पत्ति गुमाएको रिपोर्टले केही दिनमै अडानी समूहलाई अर्बौ डलर गुमाउने कम्पनीका रुपमा खडा गरिदियो । अहिलेसम्मकै ठूलो घाटा बेहोरिरहेका गौतम अडानीका लागि संकटको घडीमा खुसीको खबर आएको छ । उनको कम्पनी अदानी ट्रान्समिसनले डिसेम्बर त्रैमासमा ७३ प्रतिशत नाफा कमाएको छ ।
अदानी ट्रान्समिसनले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०२२–२३ को तेस्रो त्रैमासिकको नतिजा कम्पनीको तर्फबाट आफ्नो खुद नाफामा ७३ प्रतिशतले ठूलो उछाल आएको जनाएको छ । गौतम अडानीको नेतृत्वमा रहेको अदानी ट्रान्समिसन लिमिटेड पावर ट्रान्समिशन र वितरण कम्पनी हो। यस कम्पनीको १३ राज्यहरूमा उपस्थिति छ। कम्पनीले सार्वजनिक गरेको त्रैमासिक नतिजामा ३१ डिसेम्बर २०२२ को समाप्त त्रैमासिकमा अदानी ट्रान्समिसनको नगद नाफा पनि ३४ प्रतिशतले बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस