aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ माघ २०७९
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १७ खुसिबु बस्ने ५९ वर्षीय धर्मेन्द्र महर्जनको घरमा जुवातास खेलरहेको अवस्थामा महर्जन समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ३० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस