aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्रोत नखुलेको एक लाख नगदसहित लक्ष्मी कान्त पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ माघ २०७९
स्रोत नखुलेको एक लाख नगदसहित लक्ष्मी कान्त पक्राउ

कैलाली । स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका २ ब्यारेलबाट स्रोत नखुलेको नगद १ लाख ३१ हजार रूपैयाँ सहित भारत घर भएका ३८ वर्षीय लक्ष्मी कान्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिनगर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस