aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्रोत नखुलेको ९ लाख नगदसहित रंजित कुमार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
स्रोत नखुलेको ९ लाख नगदसहित रंजित कुमार पक्राउ

मोरङ । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिका १९ बस्ने ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । 

सिआरभि घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस