aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बैंकिङ कसूर मुद्दामा झापामा दिनेश पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ माघ २०७९
बैंकिङ कसूर मुद्दामा झापामा दिनेश पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा दमक नगरपालिका ३ घर भई काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ८ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं शंखमुलबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस