aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सुनसहित नेपाली र घले पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट सुनसहित नेपाली र घले पक्राउ

काठमाडौं । अवैध रुपमा लुकाई छिपाई ल्याएको ४ सय ८२ ग्राम सुन सहित सन्ताेस कुमार नेपाली पक्राउ परेकाे छ ।

राहदानी नम्बर ०८३८१५३९ वाहक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।  

नेपाल एयर लाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।

साथै उक्त सुन संकलन गर्न आएका सुजन बहादुर घले समेतलाई प्रहरीले पक्राउ गरेको छ ।  दुवैजनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस