काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । गएको पुस २७ गते सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एमाले)का मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकी २९ दिनमै पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आज बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सकेनन् ।
प्रतिक्रिया दिनुहोस