aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चीनको जासुसी बेलुनबाट भारतलाई खतरा, सेनाले अमेरिका जस्तै हवाई हमला गर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
चीनको जासुसी बेलुनबाट भारतलाई खतरा, सेनाले अमेरिका जस्तै हवाई हमला गर्ने ?

एजेन्सी । जासुसी बेलुनलाई लिएर चीन र अमेरिकाबीच तनावको अवस्था सृजना भएको छ । चीनले आफ्नो जासुसी मात्रै नगरेको अमेरिकाको दाबी छ । चीनले यस्ता बेलुनबाट जासुसी गर्ने देशमा भारत पनि परेको छ । अब भारतीय वायुसेनाले अमेरिकाजस्तै उनीहरुलाई आक्रमण गरेर शिकार गर्ने हो कि भन्ने प्रश्न उठेको छ ।

अमेरिकी गुप्तचर एजेन्सीहरूको रिपोर्ट अनुसार डिसेम्बर २०२१ र जनवरी २०२२ बीच चीनको जासुसी बेलुनले भारतको सैन्य आधारको जासुसी गरेको थियो। यो जासुसी बेलुन अण्डमान र निकोबारको राजधानी पोर्ट ब्लेयर माथि उडेको थियो। यस्तै एउटा बेलुनको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सन् २०२१ को डिसेम्बरको अन्तिम हप्तामा भारतीय सेनाका तीनवटै विंग (सेना, वायुसेना र नौसेना) का सिपाहीहरू अण्डमान र निकोबारमा ड्रिल गर्न एकसाथ भेला हुनु चिन्ताको विषय हो। रिपोर्टमा चीनको यो जासुसी बेलुन अण्डमान र निकोबारमा ट्राई सर्भिस कमाण्डको समयमा मात्र देखिएको दाबी गरिएको छ । तर, यसबारे भारत सरकारको तर्फबाट आधिकारिक धारणा आएको छैन ।

प्रतिक्रिया दिनुहोस