aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बेलाइती अर्थतन्त्र मन्दीबाट सुध्रिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
बेलाइती अर्थतन्त्र मन्दीबाट सुध्रिदै

लन्डन । बेलाइतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ ।  शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ ।

जुन अघिल्लो तीन महिनामा ०.३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।  ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले विस्तार गरेको थियो ।

अर्थमन्त्री जेरेमी हन्टले बेलाइतले मन्दीबाट जोगिन गरिएका प्रयास र प्रयोगलाई जोड दिए पनि  बढ्दो उच्च उपभोक्ता मूल्यहको बारेमा भने चेतावनी दिएका छन् । हामी अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर छैनौं र मुद्रास्फीतिको समस्या जटिल नै छ ।

प्रतिक्रिया दिनुहोस