
काठमाडौं । अन्तराष्ट्रिय निजगढ विमानस्थल निर्माण आयोजना सफल हुने पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टाइले बताए । विहीबार नेपाल बातावरण समुह (नेफेज) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त खुलासा गरेका हुन् ।
उनले भने ‘सरकार विना अध्ययन क्षति गर्न आएको होइन सरकारले सबै कुरा बुझेरै निजगढमै विमानस्थल बनाउने निष्कर्षमा पुगेको हो । यो एयरपोर्ट बनेपछि हामीलाई दशौ पुस्ताले पनि सम्झिन्छ’ ।
विमानस्थल बनाउँदा धेरैले बन्न सक्दैन भनेका छन् । तर त्यसको विरोध हुने कुरालाई रोक्न नसकिने सकेसम्म जवाफ दिने कोशिस गर्ने उनले बताए ।
काठमाडौंको विमानस्थलले अब धेरै धान्न नसक्ने भएकाले अर्को विमानस्थल निजगढमै बनाउने कुराबाट सरकार पछि नहट्ने र त्यहाँको पर्यावरणीय क्षतिका बारेमा सरकार जानकार छ । यो एर्पोट सन्तोषजनक ढंगबाट अगाडि बढ्ने मन्त्री भट्टाइको भनाई छ ।
काठमाडौंबाट नजिक निजगढ विमानस्थल पर्ने भएकोले निजगमेैे विमानस्थल बनाउन लागेको हो । विमानस्थलमा पर्यावरणीय क्षतिका बारेमा अन्तर्रा्ष्ट्रिय फोरममा पनि प्रश्न उठ्ने कुरामा सरकार जानकार तथा जवाफका लागि तयार रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस