aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदै, दोस्रो कार्यकाल विवादरहित भने बन्न सकेन

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, २८ माघ २०७९
राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदै, दोस्रो कार्यकाल विवादरहित भने बन्न सकेन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल फागुन २९ गते सकिँदैछ । संविधानसभाबाट २०७२ असोजमा नयाँ संविधान जारी भएपछि निरन्तर सात वर्ष राष्ट्रपतिको भूमिकामा रहेकी भण्डारीको कार्यकाल विवादरहित भने बन्न सकेन ।

संवैधानिक व्यवस्थाअनुसार शुक्रबार संघीय संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वर पुगेकी भण्डारीको सम्भवतः दोस्रो कार्यकालको यो अन्तिम सम्बोधन हुनेछ । एमाले पार्टी उपाध्यक्ष हुँदै राष्ट्रपतिको भूमिकामा पुगेकी भण्डारीको पहिलो कार्यकाल तुलनात्मक रूपमा कम विवादित थियो ।

यद्यपि संविधान जारी भएपछि केपी ओली नेतृत्वको सरकारप्रति भण्डारी लचिलो बनेको आरोप नलागेको होइन । ओली नेतृत्वमा सरकार गठन गर्ने क्रममा भएको सहमतिअनुसार उनले नेतृत्व हस्तान्तरण नगरेको भन्दै माओवादी केन्द्रले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर ओलीले प्रधानमन्त्रीले राजीनामा गर्ने व्यवस्था नभएको जिकिर गर्दै अविश्वासको प्रस्तावमाथि संसद्मा छलफल सकिएर मतदानमा जाने बेलामा संसद् बैठक केही समय रोक्न लगाएर राष्ट्रपति भण्डारीबाट बाधा अड्काउ फुकाउ जारी गराएका थिए । आफ्नो अडानलाई पुष्टि गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्न लगाएर ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए ।

त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । दाहालपछि कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठन भएको थियो । देउवा नेतृत्वको सरकारले बाँकी रहेका ठाउँमा स्थानीय तहको निर्वाचन गराउँदै २०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा निर्वाचन गराउनुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस