aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्किल सेवाको सेवा अब चितवनमा पनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ माघ २०७९
स्किल सेवाको सेवा अब चितवनमा पनि

चितवन । स्किल सेवाको चितवन शाखाको आज शाखा कार्यालय लायन्स चोकमा उद्घाटन भएको छ । उद्घाटन समारोहमा चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको प्रमुख अतिथि रहेको थिए । भरतपुर महानगर पालिका वडा नं २ का वडाध्यक्ष मनोज रानाभाटको विशिष्ट अतिथि रहेका थिए । त्यसै गरी कान्तिपुर कलेजका प्राध्यापक श्याममणि कडेल अतिथि रहेका थिए। 

कार्यक्रम स्किल सेवा प्रालिका संस्थापक महेश तिमिल्सिना र कम्पनीका बजारीकरण तथा बिक्री विभाग प्रमुख सफल प्रधानले सहजीकरण गरेका थिए । स्किल सेवा प्रा लि का चितवन शाखा प्रबन्धक सौगात तिवारीले आफना भनाईहरु राख्दै आगामी दिनहरुमा  पनि साथ र सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए । 

कार्यक्रममा ३० जना भन्दा पनि बढी सहभागी रहेका थिए । स्थानीयवासी, स्थानीय जनप्रतिनिधी एंव विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । स्किल सेवाका बजारीकरण तथा बिक्री विभाग प्रमुखले चितवनमा १०० भन्दा बढी प्रि—बुकिङ्ग रहेको र उनीहरुबाट नै काम सुरु गरिने जानकारी दिए । 

स्मरण रहोस स्किल सेवा प्रा लि नयाँ घर निर्माण, घर मर्मत सम्भारको क्षेत्रमा विगत ५ बर्षदेखि काम गर्दै आएको विस्वसनीय कम्पनी हो । आफनो छुट्टै निर्माण कौशल, गुणस्तरिय सेवा र व्यवस्थापनका कारण स्किल सेवाले  छोटो समयमै आफना सेवाग्राहीहरुको मन जित्न सफल भएको छ । 

यसका अतिरिक्त स्किल सेवाले काठमाडौ उपत्यकाका ३ वटै जिल्ला र पोखरामा पनि सेवा प्रदान गरी रहेको छ । करिब १८ हजार भन्दा बढी घरहरुमा इन्सपेक्सन गर्नुका साथै ठहजार भन्दा बढी घरहरुको मर्मत सम्भार पनि गरीसकेको छ । 

प्रतिक्रिया दिनुहोस