aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गौतम अडानीलाई अर्को झट्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ माघ २०७९
गौतम अडानीलाई अर्को झट्का

एजेन्सी  । अडानी समूहको कठिनाइ कम हुने देखिँदैन । समूहका कैयौं कम्पनीको शेयरमा आएको गिरावटबीच गौतम अडानीलाई अर्को झट्का लागेको छ । अहिले मुडीज इन्भेष्टर्स सर्भिसले समूहका ४ कम्पनीको रेटिङ आउटलुकलाई स्थिरबाट नेगेटिभमा परिवर्तन गरेको छ ।

मुडीजले अब अदानी ग्रीन एनर्जी, अदानी ग्रीन रिस्ट्रिक्ट ग्रुप, अदानी ट्रान्समिसन स्टेप(वन र अदानी इलेक्ट्रिसिटी मुम्बई लिमिटेडलाई नेगेटिभ रेटिङ आउटलुकमा राखेको छ। मूडीज इन्भेष्टर्स सर्भिसका अनुसार यी कम्पनीको बजार पूँजीकरणमा ठूलो गिरावट आएकाले रेटिङ आउटलुक नकारात्मक भएको हो ।

अदानी समूहका कम्पनीहरूको शेयरमा आएको गिरावटका कारण गौतम अडानीको कुल सम्पत्ति ५८ अर्ब डलरमा झरेको छ । यो एक दिन अघिसम्म ६० अर्ब डलरभन्दा माथि थियो । अदानीको नेटवर्थ शुक्रबार २.४ अर्ब डलरले घटेको छ । यो गिरावटका कारण उनी फोर्ब्सको रियल टाइम अर्बपतिको सूचीमा १७ औँ बाट २२ नम्बरमा झरेका छन् ।

अदानी समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजको सेयर शुक्रबार ३.७८ प्रतिशतले घटेर १,८५३ रुपैयाँमा बन्द भयो। अदानी विल्मर १.२१ प्रतिशतले घट्यो। यसबाहेक अडानी ट्रान्समिसन, टोटल ग्यास, पावर र ग्रीन ५–५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस