aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एमाले निकट विद्युत् कर्मचारी युनियन मधेस प्रदेशको अध्यक्षमा यादव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ माघ २०७९
एमाले निकट विद्युत् कर्मचारी युनियन मधेस प्रदेशको अध्यक्षमा यादव

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन मधेस प्रदेश कमिटीको अध्यक्षमा अजयकुमार राय यादव निर्वाचित भएका छन।जनकपुरधाममा सम्पन्न युनियनको ११औँ अधिवेशनले मधेस प्रदेशका आठ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सत्यन्दर ठाकुर, सचिवमा मुकेश गोइत, उपसचिवमा उपेन्द्र पासवान र कोषाध्यक्षमा सिवना राई यादवलाई सर्वसम्मत चयन गरिएको समितिका नवनिर्वाचित अध्यक्ष अजयकुमार रायले जानकारी दिए। 

शुक्रबार नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा युनियनका केन्द्रीय संयोजक रामकुमार थेवे, मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री सत्रुधन प्रसाद सिह, भौतिक पूर्वाधारमन्त्री सरोज यादव र नेकपा एमाले मधेस प्रदेश सहइञ्चार्ज एवं पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सम्बोधन गदैै भने अधिवेशनमा करिब दुईसय ५० जना प्रतिनिधिको सहभागिता रहेको अधिवेशन आयोजक समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस