aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

लुम्बिनी प्रदेशमा पनि सरकार भत्किन थाल्यो, एक महिनामै मन्त्रीको राजीनामा

  • रासस
    रासस
  • शनिबार, २८ माघ २०७९
लुम्बिनी प्रदेशमा पनि सरकार भत्किन थाल्यो, एक महिनामै मन्त्रीको राजीनामा

देउखुरी । लुम्बिनी प्रदेशका विनाविभागीयमन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन् । मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्र्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएबी हुन् । 

गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् । 

मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट विनाविभागीयमन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यको दाबी छ । उनले भने, “मन्त्री केसीको राजीनामा उहाँको पार्टीभित्रको समस्या होला, सरकारसँगको असहमतिबाट होइन ।”
    
मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा  विश्वासको मत पाएका थिए ।  

प्रतिक्रिया दिनुहोस