काठमाडौ । कास्की जिल्लाको लेकसाइटमा आगलागी भएको छ । यस क्षेत्रको मुख्य पर्यटकीय क्षेत्र रहेको हल्लनचोकको एक भवनमा आगलागी भएको प्रहरीको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले दिएको अनुसार सेलवेज टावर भन्ने भवनमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको समेत उनले बताए ।
एसपी केसीका अनुसार अहिले त्यहाँ सुरक्षाकर्मीहरुका साथै सर्वसाधारणसमेतले आगो नियन्त्रणमा लिन खोजिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस