काठमाडौं । विवेकशील साझा पार्टीले महिला नेतृत्व पाएको छ । शुक्रबार र शनिबार भएको पहिलो महाधिवेसनबाट अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् ।बास्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।
महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका संयोजक दाहालले जानकारी दिए । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस