aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुकुर र बिरालोको मासु बेचेको आशंकामा एउटा पसलमाथि अनुसन्धान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ माघ २०७९
कुकुर र बिरालोको मासु बेचेको आशंकामा एउटा पसलमाथि अनुसन्धान

काठमाडौं । कुकुर र बिरालोको मासु बेचेको आशंकामा एउटा पसलमाथि अनुसन्धान गरिएको छ ।  हङकङको एउटा मासु पसलले कुकुर र बिरालोको मासु बेचेको गुनासो बढेपछि त्यहाँका सरकारी अधिकारीहरुले पसलमाथि अनुसन्धान गरेको समाचारहरुमा जनाइएको हो । 

हङकङको सरकारी निकाय कृषि, मत्स्य तथा संरक्षण विभागले खाद्य तथा वातावरण विभागसँग मिलेर मासु पसलमा छापा हानेको थियो । सरकारी अधिकारीहरुलाई उदृत गर्दै एससीएमपीले जनाए अनुसार याउ मा तेइमा अवस्थित एक मासु पसलले कुकुर र बिरालोको मासु बेचेको सूचना बाहिरिएको थियो । 

हङकङको कानुनले खाद्य वस्तुको रुपमा प्रयोग गर्न कुकुर वा बिरालोलाई मार्न पाइँदैन भने बिक्री वितरण गर्न र मासु खान पनि पाईंदैन । त्यहाँका अधिकारीहरुले पसलबाट मासु बरामद गरी त्यसलाई परीक्षणका लागि पठाएको र प्रमाणित भए मुद्दा चलाइने बताएका छन् । 

आरोप पुष्टि भए त्यस्ता व्यक्तिलाई ५ हजार हङकङ डलर जरिवाना र ६ महिनासम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस