aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बिहेभोज खाएर फर्किदै गर्दा भीरबाट लडेर मृत्यु

  • रासस
    रासस
  • आइतबार, २९ माघ २०७९
बिहेभोज खाएर फर्किदै गर्दा भीरबाट लडेर मृत्यु

काठमाडौं । मकवानपुरको इन्द्रसरोवरमा शनिबार बिहेभोज खाएर फर्किने बेलामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । 

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए । 

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस