aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले एकैपटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ । सरकारको निर्देशनमा दुग्ध विकास संस्थान (डीडीसी)ले दुई वर्षपछि दूधको मूल्य बढाएको छ । दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा सरकारले दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थियाे । फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ । 

दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए । 

दुधकाे मुल्य शनिबारबाटमात्रै लागू हुने जनाएकाे छ । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।  

 

दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुको आन्दोलनमा डेरी उद्योग संघहरुले पनि समर्थन जनाएका थिए।

सरकार, उद्योगी, किसानका प्रतिनिधिबीच पटक पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस