aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

पोखराका व्यवसायी गौतम वीरगञ्जमा मृत भेटिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
पोखराका व्यवसायी गौतम वीरगञ्जमा मृत भेटिए

काठमाडौं । सहकारी तथा अन्य क्षेत्रमा गरेको लगानी मार्फत पोखरामा प्रतिष्ठा कमाएका व्यवसायी बलराम गौतमलाई वीरगन्जमा मृत अवस्थामा फेला पारिएको छ । माघ २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका गौतमलाई हिँजो वीरगञ्जमा मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले जानकारी दिएको छ । 

हराएकै दिनदेखि नै उनको खोजी भइरहेको थियो । खोजी गर्ने क्रममा भारतमा रहेको खुलेको थियो । गौतमले आफन्तलाई मोबाइलमा सन्देश लेखेर आफू भारतमा रहेको जानकारी पठाएका थिए । तर के कारणले वीरगन्जमा भेटिए भन्ने पुष्टि भएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस