aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

एक लाख सात हजारसहित जुवातास खेलिरहेका आठ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
एक लाख सात हजारसहित जुवातास खेलिरहेका आठ जना पक्राउ

भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका ७ खरिपाटी कमेरेटोलबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका बागेश्वरी कमेरेटार बस्ने ५८ वर्षीय केशव प्रसाद लामिछाने समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा तास खेलिरहेको भन्न विशेष सूचानको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ७ हजार ३० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस