भैरहवा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल सिद्धार्थनगर रुपन्देहीले वक्तृत्वकला कार्यक्रम गरेको छ । आइतबार भैरहवामा आफ्ना सदस्य विद्यालयका ४० जना विद्यार्थीहरु बिच उक्त प्रतियोगिता भएको हो ।
विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास गर्न, विद्यार्थीमा सामाजिक भावना, सहयोग, सहानुभूतिको भावना विकास गर्न अतिरिक्त क्रियाकलाप आवश्यक छ । सिर्जनशील र रचनात्मक सोचको विकास गर्न, सामाजिक मूल्यमान्यता, गीत–संगीत, भेषभूषाप्रति परिचित भई तिनको संरक्षण, सम्वद्र्धन कार्यमा सहभागी रहन सहयोग गर्दछ । संस्थाको वार्षिक कार्ययोजना अनुसार विद्यार्थीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष गोकुल पोखरेलले बताए ।
अर्गनाइजेसन सिद्धार्थनगरमा २० विद्यालय रहेको र उक्त विद्यालयका जुनियर तर्फ १ जना र सिनियर तर्फ १ जना गरी कुल ४० जना विद्यार्थी कार्यक्रममा सहभागि रहेको कार्यक्रम संयोजक राजेशराज जोशीले बताए ।
प्रतियोगिताबाट सिनियर तर्फ युनिभर्सल पब्लिक हाइस्कुलका छात्रा रिमा खत्री प्रथम, मुनलाइट आवासीय माध्यमिक विद्यालयका छात्र बुद्ध पाण्डे द्वितिय, काशी नोबेल एकेडमीकी छात्रा त्रिबिमा पन्त तृतीय भएका छन् । त्यस्तै जुनियर तर्फ मुनलाइट आवासीय माध्यमिक विद्यालयका छात्र केशब चतुरबेदी प्रथम, टाइनी टुडलर्सकी छात्रा आब्या पाण्डे द्वितिय, सनसाइन आवासीय माध्यमिक विद्यालयका आर्यमन शर्मा तृतीय भएको निर्णायक डिल्लीराज भट्टराइले जानकारी दिए ।
सिनियर तर्फको प्रतियोगिता नेपाली भाषामा भएको थियो भने जुनियर तर्फको प्रतियोगिता अङ्ग्रेजी माध्यममा भएको संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक राजेन्द्र घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस