काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी बैशाख १० गते हुन लागेको चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गरी बैशाख १० गते उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको उपनिर्वाचन गराउने जानकारी दिए लगत्तै रास्वपाले सभापति लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाटै उमेदवार बनेका थिए ।
उनले अमेरिकाको नागरिकता लिएको समयमा नेपालको नागरिकता त्याग नगरेको र पछि सोही आधारमा चुनाव लडेको भन्दै सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस