aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भूकम्पले भवन भत्काएपछि ३ सयभन्दा बढी निर्माण कम्पनी कालोसूचीमा, ठेकेदार पक्रिन टर्की सरकारको सक्रियता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
भूकम्पले भवन भत्काएपछि ३ सयभन्दा बढी निर्माण कम्पनी कालोसूचीमा, ठेकेदार पक्रिन टर्की सरकारको सक्रियता

काठमाडौं । टर्कीमा गएको सोमबार बिहान गएको भूकम्पमा भवनहरुमा धेरै क्षति भएपछि ठेकेदारहरुको भागाभाग चलेको छ । तोकिएको मापदण्ड विपरीतका भवनहरु बनाएको कारण धेरै भौतिक र मानवीय क्षति भएको भन्दै त्यहाँको सरकारले ठेकेदारहरुलाई निशानामा पारेपछि उनीहरुको भागाभाग चलेको हो ।

टर्कीको सरकारले भूकम्प प्रतिरोधी संरचना नबनाउने ११३ जना ठेकेदारका विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । त्यस्ते हालसम्म १५ जनाभन्दा बढीलाई पक्राउ समेत गरेको छ । अधिकारीहरुले ठूलो संख्यामा यस्ता ठेकेदारहरु पक्राउ पर्न सक्ने जनाएका छन् ।

अन्तर्राष्ट्रि सञ्चार माध्यमहरुले जनाए अनुसार टर्कीमा सरकारले भूकम्प पीडितहरुको उद्धार राहतमा भन्दा बढी ठेकेदारहरुलाई पक्राउ गर्नमा ध्यान दिएको छ । भूकम्पले पुर्‍याएको क्षतिपछि सरकारले कम्तीमा पनि तीनसय निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गत सोमबार गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी हालसम्म २८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दशौं लाख घरबार बिहीन भएका छन् भने कठ्यांग्रिदो जाडोका कारण उनीहरुको दैनिकी अत्यन्त कष्टप्रद बनेको छ । 

प्रतिक्रिया दिनुहोस