aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राप्रपाद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार ! सरकार छोड्न बढ्यो दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
राप्रपाद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार ! सरकार छोड्न बढ्यो दबाब

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने प्रस्ताव ल्याउने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बनेका मन्त्रीहरुले बैठक नै बहिस्कार गरेका छन् । 

सरकारको उप्रधान एवम् उर्जा तथा सिंचाईमन्त्री रहेका राजेन्द्र लिङ्देन, कानूनमन्त्री ध्रुबहादुर प्रधान, सहरी विकास मन्त्री विक्रम पाण्डे र उर्जा तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्को बैठकमा अनुपस्थित भएर बहिस्कार गरेका हुन् । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव आएपछि असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्रीहरू उपस्थित भएनन् । सामाजिक सञ्जालमा राप्रपा पक्षधरहरुले भोली यात सार्वजनिक विदाको अवज्ञा गरेर मन्त्रालय खोल्न यात सरकारबाट फिर्ता हुन दबाब दिएका छन् । 

प्रतिक्रिया दिनुहोस