aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रेशम चौधरीलाई भेट्न जेलमै पुगे मुख्यमन्त्री शाह, के भयो कुराकानी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
रेशम चौधरीलाई भेट्न जेलमै पुगे मुख्यमन्त्री शाह, के भयो कुराकानी ?

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसँगै ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले विश्वसको मत पाउने वातावरण बनाउन सक्रियता बढाएका छन् । माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएर २७ गते पद तथा गोपनियताको सपथ लिएका शाह २८ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको परिवारका सदस्यहरुलाई भेट्न उनको घरमै पुगेका थिए । 

सोही दिन पार्टी अध्यक्षसमेत रहेकी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठलाई भेटेका शाह त्यसपछि काठमाडौं आएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर चौधरीलाई छुटाउने भूपिका खेल्न आग्रह गरेका छन् । उनले आज धुम्बाराहीमा पुगेर देउवालाई भेटेका थिए । 

आज नै मुख्यमन्त्री शाह र नागरिक रेशम चौधरीबीच भेटवार्ता भएको छ । टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।

उनीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । उनले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन २७ सांसदको समर्थन आवश्यक हुन्छ । 

सुदुरपश्चिम प्रदेशसभामा कांग्रेसका १९ सांसद रहेका छन् भने नेकपा (माओवादी केन्द्र)का सभामुृख बाहेक १० जना, नेकपा (एमाले)का उपसभामुख बाहेक ९ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा (एकिकृत समाजवादी)का ४ जना, राप्रपाका १ जना र स्वतन्त्र एकजना सांसद छन् । 

प्रतिक्रिया दिनुहोस