काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ । उक्त पदको लागि आज एक सूचना प्रकाशित गरीआवेदन माग गरिएको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र योग्य नेपाली नागरिकले आवेदन दिन भनिएको छ । महाप्रवन्धक नियुक्तिका लागि गठित छनोट तथा सिपलारिस समितिले दरखास्त आव्हान गरेको हो ।
सूचनामा भनिएको छ–“औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले देहायको योग्यता भएका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन कार्यालय समयभित्र यस मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहरबार, काठमाडौंमा आवेदन दिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”
प्रतिक्रिया दिनुहोस