aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

पूर्वकै पहिलो रात्रिकालीन बजार सुन्दरहरैँचामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
पूर्वकै पहिलो रात्रिकालीन बजार सुन्दरहरैँचामा

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिको  बिहीबार सम्पन्न चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट विनियोजन गरिएको छ । सभामा बोल्दै नगरका मेयर शिवप्रसाद ढकालले सुन्दरहरैँचा नगरपालिकामा रात्रिकालीन बजार लाग्ने व्यवस्था मिलाइने बताएका छन् ।

चौथो नगरसभाबाटै नगर प्रमुख उज्यालो सुन्दरहरैँचा कार्यक्रम पनि अघि सारेको छ । यस कार्य अन्तरगत नगरका ग्रामीण क्षेत्र जहाँ बिजुली बत्तीको सेवा पुगेको छैन सो स्थानहरूमा अविलम्ब विद्युत् सेवा पुर्‍याइने छ । सभाले नगर क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको  प्रवर्दनकालागि उपयोगी कदमहरू चाल्ने जनाइएको छ । 

बजेट तथा नीति कार्यक्रम अन्तरगत सुन्दरहरैँचाका लागि यो वर्ष केन्द्रीय सरकारले ६८ करोड २३ लाख बजेट प्रदान गरेको जनाइको हो । त्यस्तै कार्यक्रममा नगर प्रमुख ढकालले यसै वर्ष देखि घर नक्सा सम्बन्धी सेवा लिन आउने सेवाग्राहीहरूलाई मध्यनजर गर्दै डिजिटलाक्इजेसन गरिएको बताए ।
 

प्रतिक्रिया दिनुहोस