aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

सार्वजनिक विदाको विरोधमा माइतीघरमा प्रदर्शन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ फागुन २०७९
सार्वजनिक विदाको विरोधमा माइतीघरमा प्रदर्शन हुने

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिएको भन्दै माइतीघरमा प्रदर्शन गरिने तयारी गरिएको छ । सार्वजनिक सरोकार मञ्चले सार्वजनिक विदा दिने परिपाटी बढ्दै गएको भन्दै आज ११ बजे प्रदर्शन गर्न लागेको हो । 

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सोमबार जनयुद्ध दिवस मनाउने भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सार्वजनिक विदा दिने सबालमा सरकारको ध्यानाकर्षण गराउन मञ्चले प्रदर्शन गर्न लागेको जनाएको छ । 

‘सार्वजनिक विदा नै हुनु हुँदैन भन्ने होइन । तर, एक दिनको सार्वजनिक विदाले राज्यलाई पर्ने आर्थिक भारदेखि नागरिकले पाउने सेवामा बञ्चित, विद्यार्थीहरुमा पर्ने पढाईको बोझ, न्यायलयमा पर्ने असरको व्याख्या गरेर साध्य छैन । त्यसकारण सार्वजनिक विदा दिने सवालमा सरकारको ध्यानाकर्षण हुनु पर्छ’, मञ्चको भनाई छ । 

प्रतिक्रिया दिनुहोस