aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रुस र इरानको सम्झौताले अमेरिकी डलरलाई लाग्यो ठूलो धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ फागुन २०७९
रुस र इरानको सम्झौताले अमेरिकी डलरलाई लाग्यो ठूलो धक्का

एजेन्सी। रुस र इरानका केन्द्रीय बैंकहरू बिच औपचारिक रूपमा २९ जनवरीमा हस्ताक्षर गरिएको एक सम्झौताले अब अन्तर्राष्ट्रिय बजारमा ठूलो परिवर्तन ल्याउने भएको छ। यो सम्झौतापछि रसिया र इरानले स्थानीय मुद्रामा सोझै कारोबार गर्नेछन् भने अमेरिकी डलरको स्थान अब यी दुई मुलुक बिचको व्यापारमा पूर्ण रूपमा हटेको छ।   

प्राविधिक रूपमा अब इरानका ५२ वटा बैंकहरू सिधै रसियाका १०६ वटा बैकहरूसँग जोडिरहेका छन्।  सम्झौता हुनुभन्दा एक हप्ता भन्दा अघि दुवै राष्ट्रहरूले चाँडै आफ्नो व्यापार बढाउनु बढाउने र त्यसमा आफ्नै मुद्राको प्रयोग गर्ने सहमति गरेका थिए। यो सम्भव छ कि रुबल अन्ततः द्विपक्षीय व्यापारको मुख्य मुद्रा बन्नेछ। मस्कोमा इरानका राजदूत काजेम जलालीका अनुसार: "अहिले हाम्रा देशहरू बिचको व्यापारको ४० प्रतिशत भन्दा बढी रुबलमा छ।"

उनले विशेष गरी रुसी नेतृत्वको युरेशियन इकोनोमिक युनियनलाई उल्लेख गर्दै थिए, जससँग इरानले स्वतन्त्र व्यापार सम्झौता गरिरहेको छ। यो सम्झौताले संयुक्त राज्य अमेरिका र पश्चिमी प्रतिबन्धहरूका कारण तेहरान र मस्कोमा परेका  समस्याहरूको प्रतिरक्षा गर्ने छ। 

तेहरानले केही समय अघिदेखि नै रुसको भुक्तानी प्रणालीमा सामेल हुन पूर्वाधारको तयारी गरिरहेको थियो। तर, मस्कोलाई अत्यन्त कठोर पश्चिमी प्रतिबन्धहरू लगाइएपछि र रुसी बैंकहरूको सम्बन्ध स्विफ्टबाट काटिएको थियो। त्यसपछि तेहराइन र मस्कोले रणनीतिक रूपमा सीमापार भुक्तानीहरूको लागि आफ्नै गैर-स्विफ्ट प्रणाली सिर्जना गर्नमा ध्यान केन्द्रित गर्ने निर्णय गरेका थिए।

यसबाहेक रुस इरानको सबैभन्दा ठुलो विदेशी लगानीकर्ता हो। इरानी उप-अर्थमन्त्री अलि फेकरीका अनुसार: "गत १५ महिनामा इरानको पश्चिमी प्रान्त इलाममा दुई वटा पेट्रोलियम परियोजनाहरूमा २.७ अर्ब को लगानी समावेश छ।" त्यो अक्टोबर २०२१ देखि जनवरी २०२३ को अवधिमा इरानमा भएको कुल विदेशी लगानीको ४५ प्रतिशत हो।

इरानमा रुसी परियोजनाहरू बहु आयामिक छन्: ऊर्जा, रेलवे, अटो उत्पादन, र कृषि आदि। इरानले रुसलाई खाना र मोटर लगायतका वहानहरु उत्पादनहरू आपूर्ति गर्दछ। डन र भोग्ला नदीहरूमा यात्रा गर्ने जहाजहरूले ऊर्जा र कृषि वस्तुहरूको व्यापार गर्दै आएका छन्। अब इरानको सामुद्रिक एजेन्सीले पुष्टि गरेको छ कि रुसले आफ्नो जहाजलाई डोन र भोल्टामा भित्री जलमार्गमा जाने अधिकार दिनेछ।

प्रतिक्रिया दिनुहोस