काठमाडौं । नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चाज्र्ड नामको इलेक्ट्रिफाइड पेय पदार्थ सार्वजनिक गरेको छ । आज सोमबार एलओडिसा (लर्ड अफ द डिक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा यस नया इलेक्ट्रिफाइड पेय पदार्थ सार्वजनिक गरिएको हो ।
यो नयाँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइड फिजी जिड प्रदान गर्दछ । चाडको लत्वसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँ स्वाद थपिएको छ, बेरी बोट ।
आफ्ना उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरु उपलब्ध गराउने प्रतिबद्धता स्वरुप चाण्डलाई बजारमा लगाइएको कम्पनीले जनाएको छ । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नेपाली युवाहरुका आफ्नी महत्त्वाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित यो नयाँ पेय पदार्थ बजारमा ल्याएको बताए ।
त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दिपक सेन्ठिल नाथले आफ्ना उपभोक्ताहरुलाई नयाँ स्वादसँगै स्थानीयपन पनि पस्किदै कोका–कोला नेपाल एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको बताए । उनले अगाडी भने, ‘चाडको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन नेपाली युवाहरुको रोजाइ र तिनीहरुको गो–सेंटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोका–कोलाको प्रयासलाई पनि देखाएको छ ।’
प्रतिक्रिया दिनुहोस