aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्रोत नखुलेको १२ लाख नगदसहित तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ फागुन २०७९
स्रोत नखुलेको १२ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १२ लाख नगद सहित प्रहरीले तीन जनालई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रूपैयाँसहित सोही महानगरपालिका ईनर्वागाउँ बस्ने २५ वर्षीय ओम कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.३५ प ८४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहले लगाएको हेल्मेटभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, रंगेली नगरपालिका ७ रंगेली बजारबाट स्रोत नखुलेको नगद ४ लाख १२ हजार ८ सय ५५ रूपैयाँसहित सोही नगरपालिका(४ चोप्राह बस्ने ४१ वर्षीय भवानी शंकर साहसमेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूको साथबाट बैंकको चेक २ थान, विभिन्न बैंकमा पैसा जम्मा गरेका भौचरहरू, मोवाइल ३ थान र उनीहरू सवार को।३९ प १६९१ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस