काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका १३ कालिमाटी बस्ने ५७ वर्षीय श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ चैत २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ लाख रूपैयाँ बिगो तथा जरिवाना, ७ दिन कैद र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठगर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस