काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभाग हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू(भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै राती प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस