काठमाडौं । यातायात मजदुरहरुले गरेको हड्तालका कारण आज बिहानैदेखि काठमाडौं उपत्यकाको यातायात सेवा प्रभावित भएको छ । मजदुर संघको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको छैन ।
सोमबार माछापोखरी क्षेत्रमा दिनभर तनाव भएको थियो । विभिन्न १० बुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित बनेका हुन् ।
यसैबीच सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई बार्तामा बोलाएको छ ।
आन्दोलनरत यातायात मजदुरलाई आज बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बार्तामा बोलाईएको छ ।
काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणलाई सास्ती भएको छ । काठमाडौं बाहिर जाने लामो दुरीका सवारी साधनसमेत प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस